कक्षा संचालन सम्बन्धी सूचना ।


प्रस्तुत  विषयमा  कोभिड–१९ का कारण भौतिक रुपमा स्थगन भएका पठन–पाठन कार्यक्रमहरु मिति २०७८।१०।२४ गते देखि स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अपनाई  कक्षा ६ देखि १२ सम्मका सबै कक्षाहरु संचालन गरिने छ । साथै कक्षा प्ले  ग्रुप देखि ५ सम्मका कक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि अनलाईन माध्यमबाटै संचालन गरिने कुरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा  कर्मचारीहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।                                                                         प्रधानाध्यापक



‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’

By Rabi Rana Magar Published on 03 Aug, 2020

 

कोभिड–१९ विरुद्धको संघर्षमा स्वास्थ्यकर्मी नै अग्रपंक्ति (फ्रन्टलाइन) का योद्धा हुन् । उनीहरुलाई सबैले आदर र सम्मान गरेर हौसला प्रदान गर्नुपर्छ । यो लडाइँको मुख्य जिम्मा राज्यको हो । सङक्रमण फैलन नदिन सामाजिक दूरी सबैभन्दा ठूलो हतियार हो । अस्पतालमा आएका बिरामीबाट कोभिड – १९ को संक्रमण स्वास्थ्यकर्मीलाई हुनुबाट बचाउनुपर्छ । 

 यस्तो महामारीको बेला दिनरात नभनी स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्नु राज्यको दायित्व हो । महामारीबाट स्वास्थ्यकर्मी बचे न अरुलाई बचाउने हो । त्यसकारण स्वास्थ्यकर्मीको सबैभन्दा पहिले


Comments (0)

Your Image: