कक्षा संचालन सम्बन्धी सूचना ।


प्रस्तुत  विषयमा  कोभिड–१९ का कारण भौतिक रुपमा स्थगन भएका पठन–पाठन कार्यक्रमहरु मिति २०७८।१०।२४ गते देखि स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अपनाई  कक्षा ६ देखि १२ सम्मका सबै कक्षाहरु संचालन गरिने छ । साथै कक्षा प्ले  ग्रुप देखि ५ सम्मका कक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि अनलाईन माध्यमबाटै संचालन गरिने कुरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा  कर्मचारीहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।                                                                         प्रधानाध्यापक



कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी सूचना ।

कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी सूचना ।
२०७७ सालको एस.इ.इ. परीक्षा उत्तीर्ण गर्न सफल सम्पूर्ण विद्यार्थि भाइबहिनीहरुलाई हार्दिक
बधाई
तथा समुज्जल शैक्षिक भविष्यको शुभकामना ।
नेपाल सरकारबाट गुल्मी जिल्लाको उत्कृष्ट सामुदायिक नमूना विद्यालयको रुपमा घोषित यस श्री महेन्द्र माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका– १, तम्घास गुल्मीमा शैक्षिक वर्ष २०७८ का लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समुहमा भर्ना खुलेको व्यहोरा सहर्ष जानकारी गराउदछौं ।
हाम्रा विशेषताहरु ः–
१. दक्ष, अनुभवी तथा तालिमप्राप्त शिक्षकहरुबाट अध्यापन गराइने ।
२. भौतिक रुपमा विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्दा सम्मको लागि भर्चुअल विधिबाट पठन–पाठन गराइने ।
३. ICT को उच्चतम प्रयोग गरी पठन–पाठन गराइने ।
४. शान्त, मनोरम, आधुनिक सिकाइ मैत्री वातावरणमा ल्यापटप, प्रोजेक्टर र स्र्माटबोर्डको सहायताबाट सिकाइ सहजीकरण गरिने ।
५. सुविधा सम्पन्न लाइब्रेरी, विज्ञान प्रयोगशाला, STEM प्रयोगशाला र बोटानिकल गार्डेनको व्यवस्था ।
६. स्वच्छ विद्यालय वातावरण र पर्याप्त खानेपानी विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुको व्यवस्था ।
७. स्कूल बसको व्यवस्था ।
८. क्याफटेरियाको व्यवस्था ।
९. Online विधि मार्फत पनि भर्ना आवेदन गर्न सकिने ।
भर्ना आवेदन ः २०७८ श्रावण २५ गतेदेखि
कक्षा संचालन ः २०७८ भाद्र ७ गतेदेखि
थप जानकारीको लागि सम्पर्क व्यक्ति तथा नम्बर ः–
विद्यालय प्रशासन ः– ०७९–५२०१९५
प्रधानाध्यापक – ९८५७०७७१९५
सहायक प्र.अ. ९८४७०९०९४१
विज्ञान संयोजक ९८४७१८५०७७
लेखापाल ९८५७०६१८३०
प्रशासन सहायक ९८४७३५९३६३
हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव रहुञ्जेलसम्म विद्यालयमा उपस्थित हुँदा स्वास्थ्य सुरक्षाका विधिहरु अपनाई विद्यालयमा उपस्थित भै वा Online माध्यमबाट तलकाे लिङ्कमा क्लिक गरि भर्ना हुन जानकारीका लागि अनुरोध छ ।
प्रधानाध्यापक
महेन्द्र नमुना मा.वि., तम्घास, गुल्मी ।



News & Announcements